काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको पुष १६ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
योसँगै आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरुले ५ प्रतिशतका दरले बोनस सेयर पाउने भएका छन् । त्यस्तै, कम्पनीले कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतका दरले नगद लाभांश दिने पनि घोषणा गरेको छ ।
कम्पनीले घोषणा गरेको लाभांश नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण गरिनेछ ।