×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुष २५ गतेदेखि सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्दै

PRIME CA

पुष २५ गतेदेखि सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्दै

१७ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि प्राथामिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले पुष २५ गतेदेखि पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको हो । पहिलो चरणमा कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पुष २५ गतेदेखि बिक्री खुला गर्ने आईपीओमा उद्योग रहेको क्षेत्रका स्थानीय, खानी रहेका क्षेत्रका प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले छिटोमा माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका लागि ९ लाख ३० हजार कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि २ लाख ६७ हजार कित्ता सेयर बाँडफाँड हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: