काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को स्वागतका लागि रामेछापको सुनापति गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । १९ पुष (बिहीबार) गाउँपालिकाको भवन उद्घाटनका लागि प्रधानमन्त्री जाने भएपछि सो दिन गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको हो ।
प्रधानमन्त्री जाने भएपछि पुष १९ गते गाउँपालिकाभरका सबै सरकारी कार्यालय, सामुदायिक विद्यालयहरु बन्द हुने भएका छन् । प्रधानमन्त्रीको स्वागतका लागि बिदा दिइएको गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले बताएका छन् ।
गाउँपालिका प्रधानमन्त्री आउने भएकाले सो दिन गाउँपालिकाका सबै कार्यालय र विद्यालय बन्द गर्ने बरु सार्वजनिक बिदाका दिन कार्यालय खोलेर सेवा दिने अध्यक्ष तामाङले बताएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्