काठमाडौं। स्मार्ट डोर्स लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा दुई लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । पौष १७ गते आयोजित एक कार्यक्रममा स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सन् २०७८ मा स्थापना भएको यस कम्पनीले नेपालमा विभिन्न प्रकारको ढोकाहरु उत्पादन तथा बिक्रि गर्दै आईरहेको छ । कम्पनीले जर्मनी प्रविधिका मेशिनहरुबाट गुणस्तरीय ढोकाहरु २५ बर्षिय वारेन्टीका साथ नेपालमै उत्पादन गर्दै आईरहेको छ ।