Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकद्वारा सरसफाई तथा डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिर्तामोड, झापा मार्फत हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गर्नुका साथै सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका शाखा कार्यालय बिर्तामोडका शाखा प्रमुख मोदनाथ गुरागाईले हिमशिखर टोल विकास संस्थाका अध्यक्ष देवराज प्रसाईको उपस्थितिमा सरसफाई कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा स्थानीयहरु नजिकका संस्थाहरूका विशेष आमन्त्रितहरूको साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK