काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ९० प्रतिशत निजामति कर्मचारीले तलब अनुसारको काम नगर्ने गरेको बताएका छन् । दाङमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रमका बोल्दै राईले यस्तो बताएका हुन् ।
उनले निजामति कर्मचारीले पाउने तलबअनुसार दैनिक १० घण्टा काम गर्नुपर्ने भए पनि सात घण्टा पनि राम्रोसँग काम नगर्ने बताएका छन् ।
‘९० प्रतिशत निजामति कर्मचारीले तलब अनुसारको काम गर्दैनन् ।’, उनले भने, ‘अहिले भएको तलब कर्मचारीहरुलाई धेरै भएको छ ।’ त्यस्तै, प्रमुख आयुक्त राईले सरकारले तलब दिने व्यवस्थालाई घन्टामा बदल्नुपर्ने पनि बताएका छन् ।
त्यस्तै, उनले देशको आर्थिक सुशासन बिथोलिनुमा कर्मचारीको ठूलो भूमिका रहेको भन्दै राष्ट्र सेवक कर्मचारी सच्चिएमा देशमा भ्रष्टाचार अन्त्य गर्न र आर्थिक सुशासन कायम गर्न पनि सहज हुने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्