Skip to content
LAXMI SUNRISE BANK

अमेरिका पठाउने भन्दै २३ लाख ठग्ने बेन्जु महत पक्राउ

अर्थ सरोकार

काठमाडौँ । अमेरिका पठाउने भन्दै साढे २३ लाख ठगी गर्ने बेन्जु महत पक्राउ परेकी छिन् । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६ भंगाल चपली बस्ने ३४ वर्षीय महतलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

बेन्जुले अमर बहादुर नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै २३ लाख ५० हजार लिएर फरार भएकी थिइन् ।

सुरुमा अमेरिका जानका लागि ५० लाख रुपैयाा लाग्ने भने पनि पटकपटक गरी अमरबहादुरसँग २३ लाख ५० हजार रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएकी थिइन् । रकम लिएर बेन्जु सम्पर्कविहीन भएपछि अमरबहादुरले प्रहरीमा आफू ठगिएको भन्दै उजुरी दिएका थिए । सोही उजुरीका आधारमा बेन्जुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी बेन्जुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK