×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले ल्यायो ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना, दोब्बर बोनस डेटा पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनसेलले ल्यायो ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना, दोब्बर बोनस डेटा पाइने

Artha Sarokar

२७ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसेलले ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना ल्याएको छ । कम्पनीले पुष २४ गतेदेखि लागु हुने गरी उक्त योजना ल्याएको हो ।

ग्राहकहरुले ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्नेछन् । एनसेलले ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिँदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ ।

यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १००० एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्न सक्नेछन् । यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने छ ।

बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहने कम्पनीले जनाएको छ । एनसेल सापटी मार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागु हुनेछ ।

यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरी यो बोनस डेटा योजना मंसिर २५ बाट संचालनमा ल्याईएको थियो । अब यसै योजना अन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले यसले ग्राहकहरुलाई ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी