Skip to content
LAXMI SUNRISE BANK

नेपाल एयरलाइन्सले सञ्चय कोष र लगानी कोषलाई किस्ताबापत ५३ करोड तिर्यो

अर्थ सरोकार

काठमाडौँ । नेपाल एयरलाइन्सले किस्ताबापतको ५३ करोड रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बुझाएको छ । एयरलाइन्सले जहाज खरिदबापतको किस्ता सञ्चय कोष र लगानी कोषलाई तिरेको हो ।

नेपाल एयरलाइन्सका अनुसार दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापत आइतार ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ तिरेको हो ।

एयरलाइन्सले पछिल्लो १८ महिनामा जहाज खरिदबापत कुन ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६ सय ८७ रुपैयाँ भुक्तानी गरिसकेको छ ।

हाल बुझाएको किस्ता पनि न्यारोबडी जहाजको पूरै र वाडडबडी जहाजको आंशिक किस्ता रहेको एयरलाइन्सले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK