Skip to content
LAXMI SUNRISE BANK

ईपीएस भाषा परीक्षा केही ढिलागरी हुने

अर्थ सरोकार

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा सञ्चालनमा ढिलाई हुने भएको छ । माघ ६ (जनवरी २०) गतेदेखि परीक्षा हुने भनिएको भए पनि अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि परीक्षा ढिलोगरी हुने भएको हो ।

योसँगै अब ईपीएस मार्फत उत्पादनमुलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरुको परीक्षा ढिला गरी हुनेछ । अब परीक्षा कहिले हुने ? भन्ने विषयमा फेब्रुअरी ४ (माघ २१) तारिखबाट सूचना निकाल्ने तयारी गरिएको छ ।

अघिल्ला वर्षको तुलनामा यसवर्ष ईपीएस परीक्षाका लागि आवेदन दिनेको सख्ंया अत्याधिक हुँदा अनलाइन सिस्टम अपग्रेड गर्नुपरेको र सोही कारण परीक्षा सञ्चालनमा ढिलाई भएको वैदेशिक रोजगार विभागले जनाएको छ । ठूलो संख्यामा आवेदन परेकाले यो पटक एचआरडी कोरियाले भाषा परीक्षा तीन चरणमा गर्ने तयारी गरेको छ ।

एचआरडी कोरियाका अनुसार पहिलो चरणमा ४७ हजार, दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी कुल एक लाख ६४ हजार ७ सय १६ जनाको परीक्षा लिइनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK