काठमाडौं। गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा ५ एन १’ बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा ५ इन १ बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयरको र सि-आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन् ।
उक्त खाता अन्तर्गत ग्राहकहरुले न्युनतम एक हजार रुपैयाँमा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैंकिङ, वेब बैंकिङ, एटिएम, सि-आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट, सेयर ट्रेडिङ र मेरो सेयर खाता साथै लकर सुबिधामा ५० प्रतिशतसम्म छुटको सुविधा रहेको बैंकले जनाएको छ । यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहकहरुले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ ।
गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भ गरेको हो । बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।