×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्जा नतिरेको भन्दै तुलसी सहकारीको सम्पत्ति लिलाम हुँदै, निक्षेपकर्ताको बचत फिर्ता हुने सम्भावना मर्दै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्जा नतिरेको भन्दै तुलसी सहकारीको सम्पत्ति लिलाम हुँदै, निक्षेपकर्ताको बचत फिर्ता हुने सम्भावना मर्दै !

Artha Sarokar

३ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कर्जा तिर्न नसकेपछि तुलसी सहकारीको सम्पत्ति लिलाम हुने भएको छ । करिब दुई वर्षअघि सहकारीले लिएको १० करोड रुपैयाँ चालु पूँजी कर्जा तिर्न नसकेको भन्दै राष्ट्रिय सहकारी बैंकले विराटनगरको तुलसी सहकारीको नाममा रहेको सम्पत्ति लिलाम गर्न लागेको हो ।

सहकारी बैंकले तुलसी सहकारीको नाममा मालपोत कार्यालय विराटनगरमा दर्ता रहेको मोरङ साविकको बैजनाथपुर गाविस–१ को कित्ता नम्बर ७३२ को ५०८.७४ वर्गमिटर र कित्ता नम्बर ७३३ को २९०१.२६ वर्गमिटर जग्गा लिलामीका लागि सूचना निकालेको छ । त्यस्तै, सहकारी बैंकले मोरङ साविकको झोराहाट गाविस–६ को कित्ता नम्बर ५८७ को १३५५.६० वर्गमिटर जग्गा र त्यसले चर्चेको लिगलगापात समेत लिलाम गर्न लागेको छ ।

त्यस्तै, मालपोत कार्यालय दमक झापामा दर्ता श्रेस्ता कायम गरकेो झापा नगरापालिका–१ को कित्ता नम्बर २५२४ को ४३९३.६२ वर्गमिटर र कित्ता नम्बर २५२६ को ५५६५ वर्गमिटर जग्गा र त्यसले चर्चेको लिगलगापात समेत सहकारी बैंकले लिलामीमा निकालेको छ ।

पटकपटकको ताकेताप्रश्चात पनि कर्जाको साँवा र ब्याज भुक्तानी नभएको र नवीकरण पनि नभएकोले धितो लिलाम गरेर कर्जा असुल गर्न लागेको राष्ट्रिय सहकारी बैंकले जनाएको छ ।

सहकारीको नाममा रहेको सम्पत्ति लिलाम हुने भएपछि निक्षेपकर्ताको बचत फिर्ता हुने सम्भावना पनि मर्दै गएको छ । दुःख गरेर बचत गरेको रकम सहकारीमा डुबेपछि सहकारीको नाममा रहेको सम्पत्ति बेचेरै भए पनि रकम फिर्ता आउने आशमा रहेका बचतकर्ताहरु अहिले थप चिन्तामा परेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी