×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहीबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

४ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार पनि सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७०० रुपैयाँले घटेर एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३९० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ७ सय ४० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११९२ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी