काठमाडौँ । कृषि विकास बैंकको सिष्टम १ घण्टाका लागि अवरुद्ध हुने भएको छ । माघ ६ गते (शनिबार) बिहान २ बजेदेखि ३ बजेसम्म बैंकको सिष्टम अवरुद्ध हुने भएको हो ।
बैंकको कोर बैंकिङ सिष्टम मर्मत तथा सम्भारका लागि भन्दै एक घण्टाका लागि सिष्टम अवरुद्ध गर्न लागेको बैंकले जनाएको छ । बैंकको सिष्टम अवरुद्ध हुने समयमा कुनै पनि बैंकिङ कारोबार नगर्न पनि बैंकले आग्रह गरेको छ ।

‘यस बैंकको कोर बैंकिङ सिष्टममा मेन्टिनेन्सको काम गर्नुपर्ने भएकोले मिति २०८०/१०/०६ गते बिहान २ बजेदेखि ३ बजेसम्म करिब एक घण्टा सिष्टम अवरुद्ध रहने हुँदा सो समयमा कारोबार नगर्नुहुन अनुरोध छ । यस कार्यबाट ग्राहकवर्गहरुमा पर्न गएको असुविधा प्रति क्षमा प्राथी छौँ ।’, बैंकको सूचनामा भनिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्