काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडकी एक कर्मचारीले (प्रहरीले दिएको नाम भैरवहा २८) आफ्नै हाकिमले यौन दुर्व्यवहार तथा जवरजस्ती करणी गरेको भन्दै जिल्ला अदालतमा हालेको मुद्धामा अदालतले प्रमाण नपुग्ने भन्दै केस बदर गरिदिएपछि उच्च अदालत जाने भएकी छिन् । सरकारवादी मुद्धा भएकाले सरकारी वकिलको कार्यालयमार्फत उनी उच्च अदालत जान लागेकी हुन् ।
आफुले अदालतमा दिनु भनी वकिलमार्फत पठाएको अडियो लगायतका प्रमाण नपुग्दा केस हारेको भन्दै उनी उच्च अदालत जाने भएकी हुन् । नेपाललाइफमा काम गर्दा ती कर्मचारीले आफुलाई शारीरिक शोषण गरेको तथा जवर्जस्ती करणी गर्न खोजेको आरोप ती कर्मचारीको छ ।
‘मैले अदालतमा बुझाउनु भनेको प्रमाण नै बुझाईएन । अदालतले विस्तृत विवरण नै नहेरी मलाई केस हराईदियो । त्यसैले म अव उच्च अदालत जान्छु ।’ती कर्मचारीले अर्थ सरोकारसँग भनिन्, ‘अहिले मलाई विभिन्न ठाउँमा सरुवा गरिदिएर कम्पनीले पनि म माथि अन्याय गरिरहेको छ । यसका विषयमा बोलिदिने कोहि भएन ।’
उनका अनुसार महिना दिन नपुग्दै उनको सरुवा गरिराखिएको छ । ‘जसरी हुन्छ मलाई जागिरबाट निकाल्ने षडयन्त्र हुँदैछ । जिल्ला अदालतमा प्रमाण लुकाएर मलाई हराइयो, म अव उच्च अदालत जान्छु ।’ उनले भनिन् ।
यता इन्स्योरेन्सका अधिकारीहरुले भने निजले मुद्धा हारिसकेकोले यस विषयमा केहि पनि बोल्न नमिल्ने बताउँछन् । ‘जसले जवर्जस्ती करणीको मुद्धा हाल्नुभएको हो, उहाँले सो मुद्धा हारिसक्नुभयो र आरोपितले अदालतबाट सफाई पाईसक्नुभयो । पीडीत भानिनुभएकी कर्मचारी उच्च अदालत जान सक्नुहुन्छ र उहाँले त्यहाँ मुद्धा जित्नुभयो भने हामीले गर्नुपर्ने थप काम पनि गरिहाल्छौं ।’ कम्पनीका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने- ‘पीडीत भनिनुभएकीले उच्च अदालत जाने भन्नुभएको छ । अव उच्च अदालतको फैसला नआउन्जेलसम्म यो केसलाई विचाराधीन नै मान्नुपर्ला ।’
सरुवाको विषयमा भने ती अधिकारीले सो सरुवा कुनै पूर्वाग्रह राखेर नगरिएको दाबी गरेका छन् । ‘यो कुनै आग्रह, पूर्वाग्रहको कुरा होइन । कम्पनीको आवश्यकता अनुसार नै सरुवा गरिएको हो ।’
‘कम्पनीको आवश्यकता भनेको एक महिनामा दुई पटक त्यो पनि दुर्गम सरुवा हुन्छ र ?’ हाम्रो प्रश्नमा ती अधिकारीले भने-‘यसमा धेरै कुराहरु छन्, भेटेर कुरा गरौँला ।’
थप विवरण अर्को अंकमा…
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्