काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको सफ्टवेयर घोटाला प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बैंकको केन्द्रिकृत कोर बैंकिङ सफ्टवेयर खरिद प्रक्रियामा अनियमितता भएको भन्दै बैंकविरुद्ध अख्तियारमा उजुरी परेको हो ।
बैंकले सफ्टवेयर खरिद लागि आशयपत्र पेश गरेका पाँच कम्पनीबाट २०८० जेठ १९ गते चार वटा कम्पनी (सीएएस ट्रेडिङ प्रालि, इन्फोडेभलपर्स जेभी एमओएस, ठकराल वान नेपाल र बंगलादेशको फ्लोरा टेलिकम र फ्लोरा सिस्टम लिमिटेडको जेभीलाई शर्टलिष्ट गरेको थियो । तर, शर्टलिष्टमा त्रुटीमा भएको भन्दै बैंकले तीन महिनापछि शर्टलिष्टमा परेको ठकराल वानको नाम हटाउँदै सिंगापुरको एसपायर सिस्टम्स कन्सल्टिङ प्रालिको नाम समावेश गरेको थियो ।
बैंकले यसरी सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ विरुद्ध हुनेगरी सूची संसोधन गरेपछि सफ्टवेयर खरिद प्रक्रियामा बैंककै उच्च तहको मिलेमतो रहेको आशंका गरिएको थियो । अर्कोतर्फ बैंकको सफ्टवेयर प्रणाली आपूर्ति गर्न अन्तराष्ट्रिय आपूर्तीकर्ता हुनुपर्ने तथा नेपालमा काम गरेको हुनुपर्ने व्यवस्था राखिए पनि नेपालमा कुनै पनि अनुभव नभएको कम्पनी छनोट गर्नुले बैंकको सफ्टवेयर खरिद प्रक्रियामा घोटालाा भएको आशंकामा थप बल पुगेको थियो ।
त्यसैमाथि बैंकले ठिकठाक चलिहरको मर्कन्टाइलले विकास गरेको स्वदेशी सफ्टवेयर विस्थापित गरेर महँगो मूल्यमा विदेशी सफ्टवेयर ल्याउन खोज्नुले पनि बैंकभित्रको अनियमिततालाई प्रष्ट पार्ने जानकारहरुको तर्क छ ।
जनताको करबाट सञ्चालित सरकारी स्वामित्वको बैंकभित्रै सफ्टवेयर खरिदका नाममा भएको घोटाला प्रकरण अख्तियार पुगेपछि यस विषयमा अख्तियारले थप छानविन गर्नेछ । अख्तियार स्रोतका अनुसार हाल बैंकको सफ्टवेयर घोटाला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठसँग बयान लिने तयारी गरिएको छ ।
यता हाल प्रयोगमा आईरहेको नेपाली सफ्टवेयरमा कुनै पनि समस्या नआएको र सफ्टवेयर पूर्ण रुपमा सक्षम हुँदाहुँदै पनि कमिसनका लागि विदेशी सफ्टवेयर भित्र्याउने प्रक्रिया अगाडी बढाए चुप लागेर नबस्ने क्यान महासंघले चेतावनी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्