काठमाडौँ । मुगुकी सगुना परियारले एक वर्षभित्रै लोकसेवाका ७ परीक्षा पास गरेकी छिन् । मुगुको छायाँनाथ रारा नगरपालिका–१, छत्यालवाडा गाउँकी २५ वर्षीया सगुनाले एक वर्षमा लोकसेवाले लिएका ७ परीक्षा पास गरेकी हुन् ।
उनले लोकसेवा आयोगले लिएको लुम्बिनी प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोकसेवा आयोग दिपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकालेकी हुन् ।
आफ्नै गाउँ नजिकै रहेको सामुदायिक विद्यालयबाट एसएलसी पास गरी सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा नर्सिङ पास गरेकी सगुनाले स्वास्थ्य सेवा कार्यालय मुगुमा दुई वर्ष करारमा काम गरेकी थिइन् ।
एकै वर्षमा लोकसेवाको सात परीक्षा पास गरेकी सगुना हाल दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत छिन् । मिहेनत गरे नेपालमै पनि अथाह अवसर छन् भन्ने प्रमाणित गरेकी सगुनाले सबैलाई निरन्तर मेहेनत गर्न र एकदुई पटकको असफलताबाट हार खानु हुँदैन भन्ने सन्देश पनि दिएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्