Skip to content
LAXMI SUNRISE BANK

सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर

अर्थ सरोकार

काठमाडौँ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका सञ्चालक तथा संविधानसभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गरेको हो । सम्पत्तिको स्रोत नखुलेको भन्दै तामाङलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गरिएको अदालतले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै अदालतले तामाङलाई तीन वर्षभन्दा बढी कैद सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न आदेश दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK