×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंक २१ औं वर्षमा प्रवेश गरेकाे अवसरमा ट्वान्टी-ट्वान्टी स्मार्ट योजना सञ्चालनमा, २०% क्यास ब्याक पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माछापुच्छ्रे बैंक २१ औं वर्षमा प्रवेश गरेकाे अवसरमा ट्वान्टी-ट्वान्टी स्मार्ट योजना सञ्चालनमा, २०% क्यास ब्याक पाइने

२० आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। स्थापनाको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेकाे अवसरमा माछापुच्छ्रे बैंकले ट्वान्टी-ट्वान्टी (२०-२०) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ । चाडवाडमा हुने किनमेललाई ध्यान दिँदै बैंकले डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङमा क्यासब्याक दिने भएको छ ।
माछापुच्छ्रे बैंकका डेबिट/क्रेडिट कार्डवाहकले पीओएस वा इ-कमर्स साइटहरुमा भुक्तानीका साथै मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यास ब्याक हुनेछ ।
बैंकको वार्षिकोत्सवका अवसरमा यो योजना २० दिनसम्म सञ्चालन हुने जनाइएको छ । यो स्किममा सहभागी हुन ग्राहकले कम्तिमा २०० रुपैयाँ बराबरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नु पर्नेछ ।
माछापुच्छ्रेका देशभर १६० शाखाका साथै १३३ वटा शाखारहित बैंकिङ सेवा इकाइ छन् । बैंकका ५ एक्सटेन्सन काउन्टर पनि छ। माछापुच्छ्रे बैंक गत वर्षको साधारणसभा घोषणा गर्ने पहिलो बैंक बनेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी