काठमाडौँ । सरकारले गाउँ गाउँमा बीमा र सेयर बजारसम्बन्धी सेवा पुर्याउनेबारे अध्ययन सुरु गरेको छ । अर्थ मन्त्रालयले एक उच्चस्तरीय विज्ञ समिति गठन गरेर सो बारेमा अध्ययन सुरु गरेको हो ।
गाउँ गाउँमा बैंकिङ सेवा पुगे पनि बीमा र सेयर बजार सम्बन्धी ज्ञान र सेवा नपुगेको अवस्थामा सो समितिले पहुँच पुर्याउन सकिने सम्भाव्यताका विषयमा अध्ययन गर्नेछ ।
पाँच वर्षे ‘वित्तीय क्षेत्र विकास रणनीति’का आधारमा राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा उक्त अध्ययन समिति बनाइको छ ।
उक्त समितिमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाका सहसचिव महेश आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल तथा विज्ञ सदस्यका रूपमा मौसमी श्रेष्ठ रहेका छन् ।
सो समितिले गाउँ गाउँमा बीमा र ब्रोकरका शाखा खोल्न अत्याधिक खर्च लाग्ने भएकाले एकद्वार प्रणाली अन्तर्गत बैंकका शाखामार्फत नै बैकिङसँगै बीमा र सेयर ब्रोकरेज तथा पोर्टफोलियो व्यवस्थापन सेवा दिनेबारे अध्ययन गर्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्