Skip to content
LAXMI SUNRISE BANK

देशको सार्वजनिक ऋण बढेको बढ्यै, प्रत्येक नेपालीको भागमा ८२ हजार ऋण पुग्यो

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा सरकारको कुल सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । पछिल्लो ६ महिनामा १ खर्ब ६३ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएसँगै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण पनि थपिएको हो । गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा सरकारको यस्तो ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण बढेसँगै प्रत्येक नेपालीमा भागमा पर्ने ऋण पनि बढेको छ । राष्ट्रिय जनगणना २०७८ को जनगणना अनुसार हाल प्रत्येक नेपालीको थाप्लोमा करिब ८२ हजार रुपैयाँ बराबर ऋण पुगेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ ले नेपालको कुल सार्वजनिक ऋणलाई भाग गरेर यो तथ्यांक निकालिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK