×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुल्यो

PRIME CA

बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुल्यो

१० माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट प्राथामिक सेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले माघ १० गते (बुधबार)देखि संस्थागत लगानीकर्ताका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ९० करोडको १० प्रतिशत अर्थात १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १९ लाख २६ हजार ६ सय कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्कासन गरेको छ । बाँकी ६० प्रतिशत अर्थात ११ लाख ५५ हजार ९ सय ६० कित्ता सेयर पछि सर्वसाधारणका लागि जारी हुनेछ ।

पहिलो चरणमा जारी गरिएको सेयरमा योग्य संस्थागत लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँसम्मका लागि माघ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा बोलकबोल गर्न सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । बुक बिल्डिङ विधिबाट सेयर निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्न प्रयाप्त क्षमता रहेको बुझिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: