×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेल र सामसङबीच ग्यालेक्सी एस-२४ सिरिजका लागि साझेदारी, अग्रिम बुकिङमा आकर्षक उपहार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनसेल र सामसङबीच ग्यालेक्सी एस-२४ सिरिजका लागि साझेदारी, अग्रिम बुकिङमा आकर्षक उपहार

Artha Sarokar

१० माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस-२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको छ । यस साझेदारी अन्तर्गत, एस-२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो ईच्छा अनुसार एनसेलको स्पेशल लक्स नम्बरलिन पाउने छन् ।

सामसङ नेपालले शुक्रबारबाट नै ग्यालेक्सी एस-२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ । अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने छन् ।

उक्त साझेदारीका बारेमा बताउँदै एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने, ‘ग्यालेक्सी एस२४ सिरिज सबै भन्दा विशेष छ किनकि हामीले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बरहरू प्रदान गर्दैछौं । नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ संभावनाहरु पहिल्याउन प्रतिवद्ध विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा हामी उत्साहित छौं ।’

सामसुङको ग्यालेक्सी एस-२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेका छन् । यो सिरिजमा रहेको ग्यालेक्सी एआईले एआई लाईभ ट्रान्सलेट, अझ प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता दैनिक जनजीवन सहज बनाउन सहयोग गर्ने विभिन्न अन–डिभाइस सुविधाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ । यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्दछ र यो डिभाईस टाइटेनियमबाट बनेकोले एकदमै बलियो रहेको छ ।

एस-२४ सिरिजमा ग्यालेक्सी एस-२४ अल्ट्रा, ग्यालेक्सी एस-२४ प्लस र ग्यालेक्सी एस-२४ बेस रहेका छन् । ग्राहकले सामसङ नेपालको आधिकारिक वेबसाइट मार्फत वा आफ्नो नजिकैको सामसङ फोन स्टोरहरूमा गएर अग्रिम बुकिङ गर्न सक्नेछन् । माघ २३ सम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याबलेट लगायतका आकर्षक उपहार समेत पाउने सामसङ नेपालले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी