×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वकै वायु प्रदूषित सहरमध्ये काठमाडौँ छैटौँ स्थानमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विश्वकै वायु प्रदूषित सहरमध्ये काठमाडौँ छैटौँ स्थानमा

Artha Sarokar

१० माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ विश्वकै बढी वायु प्रदूषित सहरमध्ये छैठौँ स्थानमा परेको छ । वल्ड ऐयर क्वालिटी (एक्यूआई) इन्डेक्सका अनुसार बुधबार काठमाडौँको वायु प्रदूषण १ सय ६५ एक्यूआई मापन गरिएको छ ।

त्यस्तै, विश्वकै सबैभन्दा बढी वायु प्रदूषित सहरको पहिलो नम्बरमा भारतको दिल्ली परेको छ । बुधबार दिल्लीको एक्यूआई ३ सय ६५ मापन गरिएको छ । दोस्रो नम्बरमा परेको पाकिस्ताको कराचीको एक्यूआई २ सय ८१ मापन गरिएको छ ।

त्यस्तै, तेस्रो स्थानमा रहेको बंगलादेशको ढाका र चौँथो स्थानमा रहेको भारतको कलकत्ताको एक्यूआई क्रमशः २ सय ५३ र २ सय १९ मापन गरिएको छ । यता पाचौँ स्थानको पाकिस्तानको लाहोरको एक्यूआई बुधबार १ सय ९२ मापन गरिएको छ । हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको जानकारहरुको भनाई छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआईसम्मलाई सामान्य मानिए पनि त्यसभन्दा माथिको एक्यूआई मानव स्वास्थ्यका लागि हानिकारक हुने बताइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी