×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मा शाक्यलाई, डा.अधिकारीलाई कार्यकारी अधिकार

PRIME CA
GLOBAL IME BANK

धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मा शाक्यलाई, डा.अधिकारीलाई कार्यकारी अधिकार

१० माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मा रितेश शाक्यलाई दिइएको छ । बुधबार बिहान बसेको बोर्डको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्षता गर्नेगरी र बोर्डको कार्यवाहक अध्यक्षले गर्ने सम्पूर्ण भूमिकाको अधिकार हुनेगरी कार्यवाहक अध्यक्षको जिम्मेवारी शाक्यालाई दिर्ने निर्णय गरेको हो ।

रमेश कुमार हमाल बिदा भएपछि रिक्त पदमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उनलाई सो जिम्मेवारी दिइएको हो ।

यता कार्यकारी भूमिकासहित निमित्तको जिम्मेवारी भने डा.नवराज अधिकारीलाई दिइएको छ । बिहान बसेको बार्ड बैठकले अधिकारीलाई सो जिम्मेवारी दिएको हो । बोर्डमा अब अर्को अध्यक्ष नआउन्जेलसम्म बोर्डमा सम्पूर्ण कार्यकारी भूमिकाको नेतृत्व डा.अधिकारीले गर्नेछन् भने बोर्डको अध्यक्षको भूमिकामा शाक्य रहनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: