काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेस प्रदेश अनतर्गतका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली र सिराहा गरी जम्मा ७ जिल्लाका १७ वटा शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई AML/CFT & Quality Growth Training सञ्चालन गरेको छ ।
कार्यक्रममा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमका अध्यक्ष पन्तले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विषय तथा क्वालिटी ग्रोथका विषयमा सहभागीहरुलाई प्रशिक्षित गरेका थिए ।
साथै उनले लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने हुँदा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिम संचालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने बताएका थिए।
कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई जोखिम व्यवस्थापनको उपाय तथा प्रभावकारी असुलिका रणनितीहरुको विषयमा वित्तीय संस्थाका असुलि तथा अनुगमन विभागका विभागीय प्रमुख नयन देवकोटाले प्रशिक्षित गरेका थिए ।
मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्यहरुलाई प्रदान गरिने विमा सुविधा, कर्मचारी सेवा सुविधा तथा मानव संसाधन विभागसँग सम्बन्धित विषयमा सहजिकरण गरेका थिए । कार्यक्रम विनायक होटल वर्दिवास महोत्तरीमा सम्पन्न भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्