×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल चेम्बर अफ कमर्सद्वारा भन्सार विभागका निर्देशक हरिहर पौडेल सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल चेम्बर अफ कमर्सद्वारा भन्सार विभागका निर्देशक हरिहर पौडेल सम्मानित

Artha Sarokar

११ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७२औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक हरिहर पौडेललाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक पौडेललाई सम्मान गरेको हो। काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र राजश्व सचिव राम प्रसाद घिमिरेले प्रमाणपत्र सहित निर्देशक पौडेललाई सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि व्यापार सहजीकरण हुनुपर्ने बताएका थिए । उनले भन्सारमा सन्दर्भ मुल्य भन्दा पनि कारोबार मुल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए। भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाई छ । अध्यक्ष मल्लले भने, ‘भन्सार प्रक्रीयालाई सहजीकरण एवं सवै भन्सारहरुमा उच्चस्तरीय क्वारेन्टीन ल्यावको व्यवस्थापन गरिनुपर्दछ ।’

व्यापार घाटा न्यूनीकरणका लागि निर्यातयोग्य बस्तुहरुको पहिचान र प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । नेपालको खुला सीमाका कारण चोरी पैठारी बढीरहेको र यसको नियन्त्रणका लागि भन्सार प्रशासन चनाखो हुनुपर्ने मल्लले बतए । करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्नेमा अध्यक्ष मल्लको जोड छ ।

कार्यक्रममा राजश्व सचिव घिमिरेले अर्थतन्त्रमा पछिल्लो समय सुधारका संकेतहरु देखिन थालेको बताएका थिए । व्यापारमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्र तर्फ जानुपर्ने र यसका लागि सहजीकरण गर्ने काम भईरहेको उनको भनाई छ ।

भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी