×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंक ५७औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई कदरपत्र प्रदान

PRIME CA
GLOBAL IME BANK

कृषि विकास बैंक ५७औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई कदरपत्र प्रदान

११ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कृषि विकास बैंक ५७औं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकउत्सव विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएको छ । आइतबार बैंक परिसरमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पानसमा दीप प्रज्वलन गरी उद्धघाटन गरेका थिए ।

उद्धघाटन पश्चात प्रमुख अतिथि गभर्नर अधिकारीले बैंकहरुले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्तभएको विचार व्यक्त गरे । कृषि विकास बैंकले दोश्रो त्रैमासमा गरेको प्रगतिले यहाँका कर्मचारीहरुलाई मात्र नभई बैंकको हित चाहने ग्राहक लगायत सम्पूर्णलाई उत्साहित बनाएको विचार व्यक्त गर्दै उनले बैंकको प्रशंसा गरेका थिए ।

त्यस्तै, गभर्नर अधिकारीले बैंकको कल सेन्टरको उद्धघाटन समेत गरेका थिए ।

कलसेन्टरबाट ग्राहकहरुको गुनासो सुनुवाइ अझ प्रभावकारी ढंगले हुने मात्र नभई असुली ताकेता, मुद्दती निक्षेप नवीकरणको जानकारी लगायतका कार्यहरु संचालन गरिने बैंकले जनाएको छ । त्यसैगरी बैंकले प्रकाशन गरेको ५७औं वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४५ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि गभर्नर अधिकारीले विमोचन गरेका छन् ।

बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, कृषि विकास बैंकका पूर्व महाप्रबन्धक रामचन्द्र महर्जन, कृषि विकास बैंक पूर्व कर्मचारी समाजका अध्यक्ष मुकेश श्रेष्ठ लगायतका अतिथिले वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा बैंकमा अविच्छिन्न २० वर्ष र २५ वर्ष काम गरेका कर्मचारीहरुलाई पदक र कदरपत्र समेत प्रदान गरिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: