काठमाडौं। काठमाडौंको ह्याम्स अस्पतालले निसन्तान दम्पतीका लागि नि:शुल्क परामर्श सेवा दिने भएको छ । माघ १३ गते शनिबार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म अस्पतालको आइभिएफ केन्द्रमा परामर्श दिइने अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले जानकारी दिए ।
लामो समयसम्म पनि सन्तान नहुँदा सयौं दम्पती पीडामा रहेकाले उनीहरूका लागि उचित परामर्श दिन लागिएको उनको भनाइ छ ।
पछिल्लो समय प्रविधिको विकाससँगै सन्तान उत्पादनका उपचार पद्धतीले निसन्तान दम्पतीको पीडालाई कम गरिरहेको सन्दर्भमा उचित परामर्शले दम्पतीलाई खुशी दिलाउन सहयोग पुग्ने अस्पतालले जनाएको छ ।
सो कार्यक्रममा निशुल्क परामर्श सेवाका साथै अस्पतालको प्रयोगशाला परिक्षणमा २० प्रतिशत तथा पाठेघर जाँचमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । अनुभवी र दक्ष चिकित्सकद्वारा स्त्रीरोगको परिक्षण गरिने अस्पतालले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्