काठमाडौँ । नेपाल पेमेन्ट सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ लाख ५ हजार ६ सय कित्ता सेयर जारी गर्ने तयारी गरेको हो ।
आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्तिसम्बन्धी भएको सम्झौतापत्रमा नेपाल पेमेन्ट सोलुसनकातर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा र लक्ष्मी सानराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
नेपाल पेमेन्ट सोलुसन नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्