Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार स्थिर रह्यो सुनचाँदीको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १४०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख एक हजार एक सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको १२०० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK