×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना केवलकारका ग्राहकहरुलाई मेरिना इम्पेक्समा २५ प्रतिसत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मनकामना केवलकारका ग्राहकहरुलाई मेरिना इम्पेक्समा २५ प्रतिसत छुट

Artha Sarokar

१२ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मनकामना केवलकारका ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने भएका छन् । मनकामना दर्शन प्रा.ली र मेरिना इम्पेक्सबीच बिहीबार भएको सम्झौता अनुसार मेरिना इम्पेक्समा जुन सुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिसत छुट पाउने भएका हुन् ।

सम्झौतामा मनकामना दर्शन प्रालीका तर्फबाट यशु श्रेष्ठ र मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार मेरिना इम्पेक्सका सेवामा छुट पाउनका लागि मनकामना केवलकारका ग्रहकहरुले मनकामना दर्शन प्रालीले उपलब्ध गराउने कुपन पेस गर्नु पर्नेछ ।

त्यसैगरि मेरिना इम्पेक्सका ग्राहकहरुले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिसत छुट पाउने भएका छन् । जसका लागि मेरिना इम्पेक्सले आफ्ना ग्राहकहरुलाई प्रत्येक बिलबराबर एउटा छुट कुपन उपलब्ध गराउने छ । उक्त कुपनका आधारमा मनकामना केवलकारले टिकटमा मेरिना इम्पेक्सका ग्राहकहरुलाई १० प्रतिसत छुट दिनेछ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी