काठमाडौँ । लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवानलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले लागुऔषध मुद्दाका प्रतिवादी वीरवल राय यादवलाई बिहीबार पक्राउ गरेको हो ।
रौतहट घर भएका यादव लामो समय भारतमा लुकीछुपि बसेर कलकत्तामा ट्याक्सी चलाउँदै आएको प्रहरीले जनाएको छ । यादवलाई नेपाल आएको मौका पारेर प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध मुद्दामा पक्राउ परेका असरफ आलमलाई भगाउन तत्कालीन जवान यादवले एक करोडबाट सुरू गरेर १० लाख रुपैंयाँमा डिल गरेको र पछि ६ लाख २५ हजार रुपैयाँ लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेका अनुसार प्रहरी निरीक्षक (फिल्ड अधिकृत) को किर्ते दस्तखत गरी प्रतिवादीलाई हिरासतबाट निकालेर यादवले कालिमाटी–कलंकी–बुटवल हुँदै भारतको रक्सौल पुर्याएका थिए ।
यादवले लिएको रकमबाट भारतको कलकत्तामा दुईवटा ट्याक्सी खरिद गरी चलाउँदै आएका थिए । हाल उनीसँग नौ वटा ट्याक्सी छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्