Skip to content
LAXMI SUNRISE BANK

मंगलबार पनि बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलवार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ३ सय  रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३०० रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन पनि ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK