काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर १९ ले बाँदर आतंक रोक्न सुरु गरेको रुख काट्ने अभियान महानगरले रोकेको छ ।
सार्वजनिक रुपमै एक सूचना जारी गरेर वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर आतंक रोक्न ‘मेरो रुख म काट्छु’ अभियान सुरु भएको घोषणा गरेका थिए । तर, वडाध्क्षको उक्त अभियानप्रति आपत्ति जनाउँदै नगरप्रमुख धनराज आचार्यले उक्त अभियानमा रोक लगाएका हुन् ।
मानव बस्तीभन्दा वनजंगल धेरै भएपछि बाँदरले दुःख दिएको निष्कर्ष निकाल्दै वडाले यस्तो अभियान थालेको वडाध्यक्ष पाण्डेको भनाई छ । यतिसम्म कि वडा अध्यक्ष पाण्डेले वडा कार्यालयको ‘मेरो रुख म काट्छु’ अभियानमा सहभागी भई १० दिनभित्र सबै रुख काट्न निर्देशन समेत दिएका थिए ।
तर, यस्तो उपद्रो अभियानले बाँदर आतंक कम नहुने भन्दै मेयरले उक्त अभियान रोकेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्