Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ घर भई हाल ऐ.ऐ. वडा नं. ०५ हाँडीगाउँ बस्ने ४३ वर्षीय ग्रिस विलास जोशी र बारा जिल्ला कोल्वी न.पा. वडा नं. ०४ बस्ने ३३ वर्षीय राम शरण शिवाकोटी रहेका छन् ।

जोशीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले माघ १५ गते जमलबाट पक्राउ गरेको हो । यस्तै शिवाकोटीलाई माघ १४ गते जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नं. ४ गड्डा चौकीबाट पक्राउ गरिएको हो ।

ग्रिस विलास जोशीले पोल्याण्ड पठाईदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेका थिए भने राम शरण शिवाकोटीले अजरबैजान पठाईदिन्छु भन्दै राजन प्रसाई समेत ३ जनाबाट ३३ लाख दुई हजार रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK