काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५४ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ७५ करोड २७ लाख ८६ हजार ९ सय १८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा चन्द्रगिरी हिल्स्, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, ग्रिन लाईफ हाइड्रोपावर र विशाल बजार कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची:

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ७५ करोड २७ लाख ८६ हजार ९ सय १८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा ङ्गादि ग्रुप पावर, नेपाल रिइन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर र चन्द्रगिरी हिल्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा मिड–सोलु हाइड्रोपावर लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो । मिड-सोलु हाइड्रोपावरमा यस्तो गिरावट आउँदा गुँरास लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सिदार्थ इक्वीटी फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्