Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने , बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

अर्थ सरोकार

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका १४ करोड रुपैयाँको १४ लाख कित्ता सेयरमा प्रिमियम रकम थप गरी आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले उक्त कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्कासनको रुपमा नियुक्त गरेको छ । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

लक्ष्मी टेक्नो प्लास्ट लिमिटेड वि.सं २०७२ असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पव्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

उक्त कम्पनी प्लास्टिकजन्य सामग्री जस्तै सि.पि.भि.सि/पि.भि.सि पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, प्लास्टिकको पानी ट्याड्ढी, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरु, प्लास्टिक जन्य घरेलु उत्पादनहरू जस्तै डस्टबिन, एयर टाइट जार, साबुन बार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर (प्लाष्टिकका थाल, कचौरा, चम्चा) आदि एउटै छातामुनी उत्पादन गर्ने नेपालको पहिलो र एक मात्र उत्पादनमुलक उद्योग हो ।

यसले CPVC/PVC पाइप र फिटिङ्गसका लागि मुख्यतया ओम शिवम पाइप्स एण्ड फिटिङ्स नामको तथा फर्निचर र अन्य घरेलु सामग्रीको लागि मेरिगोल्ड नामको ब्रान्डमा देशव्यापी रुपमा आधिकारिक वितरकहरू मार्फत आफ्नो उत्पादनको विक्रि वितरण गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK