काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले प्रबन्धक, अफिसर, जुनियर अफिसर पदका लागि केहि कर्मचारी माग गरेको हो ।
लघुवित्तले माघ १६ गते सुचना जारी गर्दै कर्मचारी माग गरेको जनाएको हो । लघुवित्तले जारी गरेको सुचना अनुसार प्रबन्धक पदका लागि स्नातक तह उत्तीर्ण तथा सिए,एसिसिए सेमी क्वालीफाईड सिए र कम्तिमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ ।
यस्तै जुनियर अफिसर पदका लागि स्नातक तह सरहको शैक्षिक योग्यता भएको र २ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ ।
लघुवित्तले खुलाएको पदमा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फाल्गुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन लघुवित्तको इमेल वा वेबसाइटबाट दिन सकिनेछ ।