×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जगदम्बा मोटर्सद्धारा दोस्रो एओजी नाइट राइड सम्पन्न, २५ जना राइडरहरुको सहभागिता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जगदम्बा मोटर्सद्धारा दोस्रो एओजी नाइट राइड सम्पन्न, २५ जना राइडरहरुको सहभागिता

१७ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शुक्रबार र शनिबार काठमाडौंको नक्साल शोरुमदेखि सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड धुमधामका साथ सम्पन्न गरेको छ । कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीओ मृगेन बनर्जी र डीजीएम विक्रम पौडेलद्धारा गरिएको थियो ।

२५ जना राइडरहरुको सहभागिता रहेको यस ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडरहरु डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए । माघ १२ गते सुरु भई माघ १३ गते सम्पन्न भएको यस ओभरनाइट राइडमा एओजीका सदस्य, डा. दिपक कुमार दासको पनि सहभागिता रहेको थियो ।

ओभरनाइट राइडका बारे बोल्दै डा. दिपक कुमारले भने, ‘यस अपाचे ओनर्स ग्रुपले मलाई साथी मात्र नभई एउटा परिवार प्रदान गरेको छ । म आफै अपाचेको ग्राहक हुँ र यस अपाचे ओनर्स ग्रुपमा पाएको साथले म अत्यन्त खुसी छु । आगामी दिनहरुमा पनि यस्तै प्रकारको यात्रामा सहभागी हुन पाउने आशा गर्दछु ।’

कार्यक्रमको दोस्रो दिन हाम्रा हेड मार्शलद्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको थियो जसमा रेमन दास श्रेष्ठले (होस्ट/अभिनेता/भिजे) विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । रेमन दास श्रेष्ठ आफै यस सवारीको एक हिस्सा रहेका थिए । राइडका क्रममा उनले बाइकको प्रदर्शन र यसको लुक मनपरेको बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी