×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माल्टा पठाइदिन्छु भन्दै ६ लाख ठग्ने ‘गुरुङ दाई’ पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माल्टा पठाइदिन्छु भन्दै ६ लाख ठग्ने ‘गुरुङ दाई’ पक्राउ

Artha Sarokar

१७ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका घर भई हाल जिल्ला काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ सुन्दरबस्ती बस्ने प्रकाश गुरुङ रहेका छन् ।

उनले दिपक राज कडेंललाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै छ लाख अठार हजार रुपैयाँ ठगी गरेका हुन् । उनले भाईभाई भन्दै अन्यलाई पनि माल्टा पठाउने प्रलोभन देखाएका ठगी गरेको आरोप लागेको छ । यद्यति उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

रकम लिई सम्पर्कविहीन रहेका उनलाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी