काठमाडौँ । काठमाडौँको धुम्बाराहीमा विगत ४ वर्षदेखि सञ्चालनमा अकामा होटल अब विश्व विख्यात ब्राण्ड ‘रमडा’को नामबाट सञ्चालन हुने भएको छ । काठमाडौँमा आयोजित विशेष कार्यक्रममा अकामा होटल र विश्व विख्यात ब्राण्ड ‘रमडा’बीच यस सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
अकामा होटलको व्यापार प्रवर्द्धन तथा व्यवसायिक विस्तारका लागि अर्न्तराष्ट्रिय स्तरको लोकप्रिय तथा प्रतिष्ठित चेन होटेल व्यन्धम होटल एण्ड रिसोर्टसँग फ्रेनचाईजीका लागि सम्झौता गरिएको होटेलले जानकारी दिएको छ । सानिमा ग्रुपवाट प्रवर्द्धित यो होटेल सुरुमा चार तारेबाट सञ्चालित भई २०८० मंसिर २९ गते स्तरोन्नती भई पाँच तारे अकामा होटल भएको थियो । अब छिटै नै अमेरिकन चेन होटल ब्राण्ड ‘रमडा बाई व्यन्धम’को नामबाट सञ्चालन हुने र यसबाट होटल उच्चस्तरीय सुविधायुक्त हुने कम्पनीले जनाएको छ ।
सन् २०१९ को फेब्रुअरीबाट ‘सफ्ट लञ्च’ भई सोही वर्षको करीव अन्त्यबाट पूर्ण रुपमा सञ्चालनमा आएको अकामा होटल १२० भन्दा बढी देशमा पुगेको ‘रमडा बाई व्यन्धम’ ब्राण्डवाट सञ्चालित हुनु सबैका लागि गौरवको क्षण भएको कम्पनीले उल्लेख गरेको छ । यसवाट नेपालको पर्यटन, होटल तथा आतिथ्यताको क्षेत्रमा योगदान पुग्न गई पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने र विश्व बजारमा नेपालको प्रचारप्रसारमा समेत मद्दत पुग्ने विश्वास होटेलले व्यक्त गरेको छ।
९ रोपनी क्षेत्रफलमा फैलिएको अकामा होटलमा सुपेरीयर-९५, डिलक्स- ६, डिलक्स स्विट-४, फेमिलि स्विट-२, प्रेसिडेन्टल स्विट-१ गरी जम्मा १०८ कोठाहरु र २ सय बेड संख्या छन् । न्युनतम २० देखी ६५० जनासम्म कभर गर्ने विभिन्न किसिमका ५ वटा हलहरु साथै स्पेशल चाउवेला रेष्टुरेष्ट समेत गरी तिन वटा रेष्टुरेष्टहरु तथा आउटडोर स्वमिङ्ग पुल, जिम, स्टिम, साउना,ज्याकुजी र स्पा रहेका छन् । यस होटलमा हाल १३० जना विभिन्न तहतप्का कर्मचारीहरु कार्यरत छन् ।
यस होटलमा दुई तला बेसमेन्ट सहितको पर्याप्त पार्किङ सुविधा समेत रहेको छ । त्रिभुवन इन्टरनेशनल एयरपोर्ट, पशुपतीनाथ, बौद्ध स्तुपा, बुढानिलकण्ठ मन्दिर, दरबार स्क्वायर, स्वयम्भुनाथ स्तुपा तथा ठमेल लगायतका प्रमुख पर्यटकीय गन्तब्य स्थलहरु न्जिक रहेको यो होटल ‘रिङ रोड’को मध्य भागमा अवस्थित छ । यस अकामा होटलले निकट भविष्यमा सर्वसाधारण जनतामा समेत शेयर जारी गर्ने तयारी गरी अघि बढिसकेको समेत कम्पनीले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्