Skip to content
LAXMI SUNRISE BANK

सरकारी जग्गा हडपेको आरोपमा बिनोद चौधरीलाई पनि पक्राउ गर्न खोज्दै सीआईबी, पर्लान् त पक्राउ ?

अर्थ सरोकार

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद बिनोद चौधरीलाई पक्राउ गर्न खोजेको बुझिएको छ । बाँसवारी जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा चौधरीका भाई व्यवसायी अरुण चौधरी पक्राउ परेपछि सीआईबीले बिनोद चौधरीलाई पनि पक्राउ गर्न खोजेको बुझिएको हो ।

अरुण चौधरी पक्राउ परेपछि बिनोद चौधरीको नाममा पनि दुई हजार कित्ता सरकारी जग्गा रहेको प्रमाण फेला पारेको सीआईबी स्रोतको दाबी छ । स्रोतका अनुसार सोही प्रमाणका आधारमा सीआईबीले बिनोद चौधरीलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।

चौधरी ग्रुपले हिनामिना गरेको बाँसवारी जुत्ता कारखानाको जग्गामा हाल चाँदबाग स्कुल सञ्चालन गरिएको छ भने थप अर्को अपार्टमेन्ट निर्माणको काम पनि भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK