काठमाडौँ । नेपाल सरकारले लागु गरेको ‘फ्री भिसा फ्री टिकट’को नीति अझै कार्यान्वयन हुन सकेको छैन । खोटाङमा आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागीले सरकारले विसं २०७२ असारदेखि मलेसियालगायत खाडीमुलुकका लागि फ्री भिसा फ्री टिकटको नीति लिए पनि हालसम्म कार्यान्वयन हुन नसकेको बताएका छन् ।
सरकारले मलेसियालगायत खाडीमुलुकका लागि रु दश हजार लागत लाग्ने नीति कार्यान्वयनको घोषणा गरेपनि मेनपावर र एजेन्टलाई रु तीन लाख ५० हजारसम्म रकम बुझाउनुपर्ने बाध्यता अझै कायम रहेको वक्ताले बताएका हुन् । विदेश जानका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा आप्रवासी स्रोत केन्द्रबाट सेवा लिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दुई हजार नौ सय १६ मध्ये दुई सय ९० जनासँग प्रतिक्रिया लिँदा दुई जनाले मात्रै ‘फ्री भिसा फ्री टिकट’को सुविधा लिएको पाइएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) खोटाङका संयोजक सन्तोषकुमार राईले जानकारी दिएका छन् । ‘चालु आवमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मात्रै दुई हजार नौ सय १६ युवाले वैदेशिक रोजगारसम्बन्धी सेवा लिएका छन ।’, उनले भने, ‘नमूनाका रुपमा दश प्रतिशतसँग प्रतिक्रिया लिँदा ३२ जनाले तालिम लिएर विदेश गएका पाइयो । तीमध्ये दुई जना मात्र फ्री भिसा फ्री टिकटमा विदेश गएका छन् ।’
संयोजक राईले वैदेशिक रोजगारीमा अधिकांश युवा मलेसियालगायत खाडी मुलुक गएका छन् । उनीहरुले मेनपावर कम्पनी वा एजेन्टलाई रु तीन लाख ५० हजारसम्म बुझाएका पाइएको उनले बताएका छन् ।
प्रतिक्रिया लिएका दुई सय ९० मध्ये तालिम तथा सीप सिकेर जानेमा ३२ जना, विदेश नजाने निर्णयमा पुगेका ९०, नेपालमै स्वरोजगारको बाटो अपनाएका २०, विदेश जाने तयारीमा रहेका ८८, विदेश जान असफल भएका सात र विदेश जाने वा नजाने भन्ने निर्णय लिन नसकेका ५३ जना रहेका राईले जानकारी दिए । सरकारले लागू गरेको फ्री भिसा फ्री टिकटको सुविधाअनुसार मलेसिया, साउदी अरब, कतार, युएई, ओमान, बहराइन र कुवेत जानका लागि मेनपावरलाई रु दश हजार तिरे पुग्छ । अहिले पनि मेनपावर र एजेन्टले वैदेशिक रोजगारीमा जाने युवासँग लाखौँ रकम लिएर खाडीमुलुक पठाउने गरेका अन्तक्र्रिया कार्यक्रमका सहभागीले बताएका छन् ।
मेनपावर सञ्चालक वा एजेन्टले बढी पैसा लिने गरेका भन्दै उनीहरुले रु दश हजार लिएको रसिद मात्र दिने गरेका हेल्भेटास÷सामीका कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिए । ‘मेनपावर कम्पनीले बढी पैसा लिएको पुष्टि हुने प्रमाण नजुट्ने किसिमले रकम असुल्ने गरेका पाइएको छ । विदेश जान बाध्य युवाले ऋण लिएर मेनपावरलाई बढी पैसा दिए पनि कम लागतको बिल लिने गरेका छन ।’, उनले भने, ‘विदेश जाने युवाले अझै पनि एजेन्टकै विश्वास गर्ने गरेको पाइएको छ । यसमा उनीहरु आफैँ सचेत हुनुपर्छ । युवा आफैँ सचेत भए ठगीमा परिदैन ।’
विदेश पठाउने नाममा ठगी गर्ने एजेन्ट जिल्ला बाहिरका हुँदा ठगीबापतको रकम फिर्ता गराउन समस्या हुने गरेको अन्तक्र्रिया कार्यक्रममा संयोजक राईले बताए । वैदेशिक रोजगारमा उत्पादनमूलक क्षेत्रमा विप्रेषणको लगानी नहुनु, रोजगारीमा जाने युवा प्रायः जिल्ला बाहिर रहनुलगायत चुनौती देखिएको उनको भनाई थियो । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी–२ की सानी दाहालले आफ्नो छोरा र भान्जालाई माल्टा पठाइदिने भनेर सोही वडा मुडेका निमदावा शेर्पाले रु २२ लाख ठगेको बताएका छन् । ‘दुई वर्षअघि माल्टा पठाइदिने भनेपछि शेर्पालाई पैसा दिएका थियौँ । अहिले उनी सम्पर्कविहीन छन् । छोरा अहिले कतारमा छ । भान्जा अहिले नगरपालिकामा नगर प्रहरीमा कार्यरत छन ।’, उनले भने, ‘हामीले शेर्पालाई आइएमइमार्फत र नगद गरी रु ११/११ लाख बुझाएका थियौँ । पहिले शेर्पाका बुबाले उक्त रकम फिर्ता दिने भनेकामा अहिले उनले पनि वास्ता गर्दैन ।’
जापान पठाइदिने भन्दै निज शेर्पाले आफूसँग रु चार लाख ठगेको दिक्तेलका सरोज सुन्दासले जानकारी दिए । जापान नपठाएपछि पटकपटक दबाब दिएर सबै पैसा फिर्ता लिइएको उनले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्