Skip to content
LAXMI SUNRISE BANK

रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौं । रोमानिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलिले सामाखुशीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सल्यान बंगाद कुपिन्डे न.पा. घर भई हाल काठमाडौं सामाखुशी बस्ने ४२ बर्षिय जगत ओली क्षेत्री रहेका छन् ।

उनले बिमान तामाङलाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु भन्दै छ लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन् ।

उनले रोमानिया पुगेपछि रोम्रो होटलमा जागिर लगाईदिन्छु भन्दै विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेका हुन् ।

पक्राय परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएकेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK