×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘समस्या समाधान भईसकेको’ दाबीपछि ब्रोकरले निकालेको विज्ञप्तिमै ‘चलखेल’को गन्ध, नियतमाथि नै प्रश्न !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘समस्या समाधान भईसकेको’ दाबीपछि ब्रोकरले निकालेको विज्ञप्तिमै ‘चलखेल’को गन्ध, नियतमाथि नै प्रश्न !

समाचार टिप्पणी

२१ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ ।  धितोपत्र बोर्डमा पछिल्ला केहि दिन सेयर ब्रोकरहरुले गरेका बदमासी र दिएका हैरानीबारे आउने उजुरीका चाङ लाग्यो । ब्रोकरहरुले समयमा पैसा दिएनन्, फोन उठाएनन्, पैसा कटाएर आधामात्र दिए लगायतका दर्जनौँ उजुरी बोर्डमा परे । बोर्डमा भएका कर्मचारीहरु दलालभन्दा बाठा छन् । र सायद पूराना दलालहरुको चिन्ता ती पूराना दलालहरुलाई भन्दा पनि बोर्डको कुर्सीमा बसेकाहरुलाई धेरै छ । र त कार्वाही प्रक्रिया अघि बढाउनुपर्ने, पैसा तिर्न सिधा निर्देशन दिनुपर्ने ठाउँमा उल्टै फोन गरेर, तपाईंको नाममा अलि बढी नै उजुरी आयो है भनेर सूचना चुहाईदिए बोर्डका कर्मचारीहरुले । एक त नयाँ ब्रोकरहरुले बिजनेश खोसिरहेका बेला, फेरी कारवाहीमा परिने भइयो भनेर यसै पनि चिन्तामा थिए पूराना ब्रोकर । तर कार्वाहीको चिठी नकाट्न बोर्डका हाकिमलाई कन्भिन्स गरेका दलालहरुले हतारहतार एउटा विज्ञप्ति निकाले, जसमा उनीहरुले विभिन्न कारणहरु देखाएर सेयर बेचेको पैसा भुक्तानी गर्न नसकेको दाबी गरेका छन् ।

पूराना सेयर दलालहरुको संगठन  स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाको कुरा पत्याउने हो भने यो समस्याको समाधान केहि दिनपछि भईसकेको थियो । अनि, ‘समस्या समाधान नै भईसकेपछि किन निस्कियो त बिज्ञप्ति ?’ अर्थ सरोकारको प्रश्नमा सापकोटा भन्छन्- पब्लिकलाई जानकारी दिन । ‘पब्लिकप्रति यतिसम्म उत्तरदायी ब्रोकरहरु छन् जस्तो त कसैलाई लाग्दैन, त्यसमाथि समस्या नै समाधान भईसकेको दाबी गरिसकेपछि त हतारहतार विज्ञप्ति कसरी र किन आयो ? कतै ब्रोकरहरुले भुक्तानी रोकेर बजार घटाउने दाउ त गरेनन् ? कि हुण्डीको कारोबार गर्नेहरु समातिएपछि ब्रोकरहरुसँग पैसा नै भएन ?’ लगानीकर्ताले प्रश्न गरिरहेका छन् । तर, ब्रोकर एसोसिएसनका अध्यक्ष भने टिएमएस मर्मतमा रहेको, एकैदिन धेरै कारोबार भएको, र लगानीकर्ताले बैंक खाता अपडेट नगरेका कारण समस्या भएको दाबी गर्छन् ।
यदी सापकोटाको तर्क ठिक हो भने, अरु बेलामा किन पब्लिकप्रति उत्तरदायी देखिंदैनन् त पूराना ब्रोकरहरु ? प्रश्न जरुर गम्भीर छ । ब्रोकरहरुले एक दिन धेरै सेयर कारोबार भएका कारण ‘सिष्टमले धानेन’ भनेका छन् । त्यसो हो भने बुलको पूर्वार्द्धमै नधान्ने कस्तो थोत्रो सिष्टम राखेको त ? अहिले नै यस्तो छ भने बुल आएपछि त्यस्तो सिष्टमले धान्छ त ? लगानीकर्ताले उठाएको अर्को प्रश्नमा पनि दम छ ।
ब्रोकरहरुको विज्ञप्तिपछाडीको अर्को नकारात्मक सन्देश पनि छ । उनीहरुले एचआरएलको बढी कारोबार भएका कारण एकै दिन सिष्टमले धानेन भन्ने आशय व्यक्त गरेका छन् । यसको अर्थ धितोपत्र ब्रोकरहरुले हिमालयन रि इन्स्योरेन्सको कारोबारमा बढी सेल प्रेसर आयो भनेर घुमाउरो सन्देश दिन खोजेका छन् । यो त एक खालको म्यानिपुलेसन भएन र ?
पूराना सेयर सेयर दलालहरुको विज्ञप्तिसँगै बोर्डको सुराकी कल्चर पनि बाहिर आएको छ । ‘ब्रोकरहरुले विज्ञप्ति नै निकाल्नुपर्नेगरी उजुरी पर्दा कार्वाहीचाहिं किन नगरेको ? ती ब्रोकरहरुलाई चिठी किन नकाटेको ? कि विज्ञप्तिले पखालीदियो सबै ब्रोकरका असक्षमता ? कि तैं पनि उस्तै, मै पनि उस्तै भनेर बोर्डले पनि आफ्नो असक्षमताको प्रमाण देखाएको हो बजारमा ? ब्रोकरलाई सुटुक्क सूचना दिने हो कि पत्र काटेर कार्वाही गर्नुपर्ने हो बोर्डले ?’ लगानीकर्ताले बोर्डतिर तेर्स्याएको प्रश्न पनि उत्तिकै गम्भीर छ ।
हो, हाकिमहरुको यस्तै रबैयाका कारण हो, लगानीकर्ताले अध्यक्ष त रमेश हमाल नै हुनुपर्छ भन्ने आवाज उठाएको । मान्नुस, नमान्नुस, हमाल बोर्डमा भएको भए न स्टक ब्रोकरहरुले यस्तो काइते विज्ञप्ति निकाल्ने आँट गर्थे, न समयमा पैसा नदिनेहरुलाई त्यतिकै छोड्थे । एक पटक आग्रह पूराग्रह छोडेर हेर्ने हो भने- हमाल हुँदासम्म जतिसुकै ठुलो कारोबार हुँदा पनि ब्रोकरले पैसा होल्ड गर्ने हत्तपत्त आँट गरेका थिएनन् । अव त बोर्ड आफ्नै, कम्पनी आफ्नै, कसले छुनु ? अनि समयमा लगानीकर्ताको पैसा किन दिनु ? कि कसो त दलालज्यूहरु ?
प्रचलित कानुनअनुसार सेयर कारोवारको राफसाफ सेयर बेचेको अर्को कार्यदिनसम्म सेयर बेच्नेले इडिआईएस गरी  टि प्लस टुमा राफसाफ भई बिक्री गरेको सेयरको रकम जम्मा गर्नुपर्ने प्रावधान छ । तर ब्रोकरहरुले यस्तो नगरेको भन्दै बोर्डमा उजुरी बढेपछि ब्रोकरहरुले बिज्ञप्तिको नाटक गरेका छन् ।
यता नयाँ स्टक ब्रोकरहरुले भने आफूकहाँ यस्तो समस्या नरहेको दाबी गरेका छन् । नयाँ सेयर ब्रोकरहरुको संगठन धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले नयाँ ब्रोकरमा त्यस्तो समस्या नरहेको दाबी गरेका छन् ।
अनि कारोबार त नयाँ ब्रोकरमार्फत पनि भएको थियो होला । पूरानामा मात्र समस्या आएको देखिनु, समस्याको समाधान भईसकेको दाबीपछि बिज्ञप्ति आउनु, बोर्डमा उजुरी पर्नु तर बोर्डले कार्वाही गर्नुको सट्टा उल्टै ब्रोकरको पक्ष लिनेगरी सूचना चुहाउनु र हतारहतार विज्ञप्ति आउनुले धेरै कुरा शंकाको घेरामा हुन सक्छ भन्ने ठाउँ दिएको छ । नामै त दलाल, सेयर दलालहरुले आफ्नो कमजोरी लुकाउन विज्ञप्तिको अस्त्र फालेनन् होला भनेर कसरी पत्याउनु ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी