Skip to content
LAXMI SUNRISE BANK

अवैध अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

अर्थ सरोकार

काठमाडौँ । २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुक लैजाँदै गरेको उक्त अवैध रकमसहित २९ वर्षीय चु बिङचाङ पक्राउ परेका हुन् ।

बिङचाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्याजेग चेकिङ एरियाबाट पक्राउ गरिएको हो । चेकजाँचका क्रममा उनको साथमा ठूलो परिमाणमा डलर फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी काठमाडौँदेखि चाइना साउथर्नको उडानद्वारा चीनको गोन्जाउ जान लागेका थिए । उनलाई थप अनुसन्धान तथा कार्वाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK