काठमाडौं। साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१० कम्पनीको ७४ लाख ९१ हजार ३ सय ३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १८ करोड ५९ लाख ५ हजार १४ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा नेपाल दूर्संचार कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा पिपुल्स पावर, समाज लघुवित्त वित्तीय संस्था, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची:

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १८ करोड ५९ लाख ५ हजार १४ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हाथवे इन्भेस्टमेन्ट, ङ्गादि ग्रुप पावर, चन्द्रागिरि हिल्स, रिडी पावर र शिवम् सिमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । स्वाभिमान लघुवित्तमा यस्तो गिरावट आउँदा बिशाल बजार कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड, मन्दाकिनी हाइड्रोपावर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्