Skip to content
LAXMI SUNRISE BANK

मंगलबार घट्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५०० रुपैयाँले घटेर एक लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ५०० रुपैयाँले घटेर प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १३७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख एक हजार ६ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११७९ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK