Skip to content
LAXMI SUNRISE BANK

आयोगका नवनियुक्त सदस्य उमाशंकरले लिए उपाध्यक्ष समक्ष सपथ

अर्थ सरोकार

काठमाडौं। राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा. उमाशंकर प्रसादले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष सदस्य उमाशंकरले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

उनलाई माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । केही समय अघि आयोगको गठन आदेश संशोधन गरी एक सदस्य थप गर्ने निर्णय सरकारले गरेको थियो । नवनियुक्त सदस्य उमाशंकरको सपथसँगै आयोगले पूर्णता पाएको छ ।

रौतहट स्थायी घर भएका उमाशंकरले अर्थशास्त्रमा विद्यावारिधि (पिएडि) गरेका छन् । यसअघि पनि आयोगको सदस्य भइसकेका उमाशंकर स्वास्थ्य बीमा बोर्डको पूर्व अध्यक्ष समेत हुन् । उमाशंकर प्रध्यापन पेशामा समेत सक्रिय थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK